नागपञ्चमी पर्व धुमधामका साथ मनाईयो

14
views

नवदृष्टि संवाददाता
पर्वत, २५ साउन
हिन्दुहरुले मनाउने नागपञ्चमी पर्व शुक्रबार देशभर धुमधामको साथ मनाईएको छ । प्रकृतिका देवता नाग देवताको पुजा आरधना गरेमा नागले सबैको रक्षा गर्दछन् भन्ने परम्परा र जनविश्वास रहेको छ

यसैक्रममा पर्वतमा पनि नागपञ्चमी पर्व नागको थानहरुमा पुजाआजागरि घरघरमा फोटो टा“स गरेर मनाईएको हो । प्रकृतिमा भएको विषाक्त चिज स्वसेर लिई वातावरणलाई स्वच्छ तथा सुख शान्ति र घरपरिवारको रक्षा हुने भएकाले वर्षेनी नागपञ्चमीको दिन विषेश पुजाआजा गर्ने गरिएको बताईन्छ ।
नेवारी समुदायले नागपञ्चमीमा लाखेनाच समेत प्रर्दशन गर्ने गरेका छन् । पर्वतका सदरमुकाम कुश्मा ,कटुवाचौपारी लगायतका नेवारहरुको बसोबास रहेका ठाउहरुमा लाखेनाच निकालिएको थियो ।