भारतिय विदेश सचिव काठमाडौमा, राष्ट्रिपति, प्रधानमन्त्रिसँग भेटवार्ता

8
views

नवदृष्टि संवाददाता
काठमाडौ, २७, साउन
दुई दिने भ्रमणका क्रममा काठमाण्डौमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले आइतवार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीस“ग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मिस्रीस“ग भएको शिष्टाचार भेटमा “द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको” राष्ट्रपतिको कार्यालयले जनाएको छ । अपराह्न शीतल निवासमा आफूलाई भेट्न पुगेका मिस्रीस“ग राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।
भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा रहेका परियोजनामा भारत पनि काम गर्न इच्छुक रहेको बताएका थिए ।
राष्ट्रपति पौडेललाई भेट्नुअघि मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।
मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको भेटका क्रममा बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।
प्रधानमन्त्री ओली र मिस्रीबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । “भेटका अवसरमा दुई पक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ,“ प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार बिहान परराष्ट्र सचिव सेवा लम्सालले उनलाई स्वागत गरेकी थिइन् ।
नेपालमा रह“दा उनले समकक्षी लम्सालसँग द्विपक्षीय हितबारे कुराकानी गर्ने बताइएको छ ।