वर्षा सुरुभएसगै विपद् परि देशका विभिन्न स्थानमा १ सय ७३ जनाको मृत्यु

9
views

नवदृष्टि संवाददाता
पर्वत, २८ साउन
काठमाडौ \ अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि आज सोमवारसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुवान लगायतका विपद् परी१ सय ७३ जनाको मृत्यु भएको छ भने, विपदका घटनामा परेर २२३ जना घाइते भएका छन् भने १ सय १३ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आजसम्म विभिन्न जिल्लामा गरेर ४८ जना बेपत्ता रहेका पनि प्रहरीले जानकारी दिएको छ ।

मनसुन सुरु भएको २ महिनामा बाढी, पहिरो लगायतका विपद् परी काठमाडौ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७३ जनाको मृत्यु भएको हो ।
यो अवधिमा बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ७५ वटा घर, १ सय ४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय १२ वटा पशुचौपाया मरेको जनाइएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन् ।