“आफ्नै अजाको तायाःमचा र गाई जात्राको साक्षी हुदाको क्षण”

15
views

–श्लोक सिंह श्रेष्ठ
नमुना आवासीय माध्यमिक बिद्यालय (कक्षा –८)
पर्बत कुस्मा

हरेक बर्ष जस्तो नेवाःसमुदायले बर्षनि आफ्नो समुदायमा मरेको परिवारले घर घर बाट गाई जात्रा निकालने चलन छ । सोहि अनुरूप यो बर्षमा हाम्रै घर बाट पनि गाई जात्रा निकालियो, कारण थियो अघिल्लो बर्ष मेरो अजा बितेको हु“दा निकालिएको हो ।

इतिहासमा उल्लेख अनुसार वि.सं. १५१२ मा काठमाडौका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकूल रानीलाई हाम्रा मात्र होइन, दुनियाका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउनका लागि जात्राको शुरुवात गरिएको कथन छ ।
समय सापेक्ष यस गाई जात्राको प्रकृति पनि बदलिएको जस्तो लाग्छ । हिजोआज पनि व्यङ्ग्य र प्रहशन प्रस्तुत गर्दै यो जात्रा मनाउँदै आएका छन् तँ कतिपय समुदायले आफ्नो पहिचान माथि गर्व गर्दै साथै आफु माथि हुने लाल्छना, विभेद, घृणाविरुद्ध आवाज उठान गर्ने उद्देश्यले यस समुदायले ‘गे जात्रा’ मनाउदै आएको रहेछ । त्यसैले गाई जात्रालाई आँसु र हाँसोको प्रतिकको रुपमा लिइन्छ ।
भाद्रकृष्ण प्रतिपदा वा जनैपूर्णिमाको भोलिपल्ट देखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक ,कला, जातजाति,भेषभुषा एवम् सांस्कृतिक पर्वका रुपमा हाम्रो समुदायले मनाउदै आएको छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गर्ने,लाखे नाच देखाउने, झा“की निकाल्ने,तायाःमचा बनाएर टोलटोल बजार घुमेका थियौ, किन की यी जात्राहरु हाम्रो मृत्युसंस्कार सँग जोडिएको रहेछ ।
हाम्रो तिर तायाः मचा निकाल्दा घरमैं छोरी वा बुहारीले पूजा गरेपछि मात्र निकाल्ने र विसर्जन गर्दा पनि छोरी वा बुहारीले पूजा गरेर समापन गर्ने चलन छ या कसैले लक्षमी नारायण मंदिरमानै गएर पनि उक्त कार्य गर्ने परम्परा छ । सोहि दिन प्रसाद बनाएर आफन्त छरछिमेकीलाई प्रसाद खुवाइएको थियो ।
बिशेषतः यो तायाःमचा बनाउदाको अनिवार्यनै रहेछ,जसलाई बनाउन आफन्तहरुले सहयोग गर्नु भयो । हरियो बाँसलाई ठाडो पारेर आयताकारमा बा“धी कपडाले बेरेर तायाः मचा बनाइने रहेछ । तायाः मचामा पुरुष बितेको भए पुरुषको लुगा र महिला बितेको भए महिलाको लुगा झुन्ड्याएर राख्ने चलन रहेछ एबं बच्चा बितेको भए डोकोमा च्याङ्ग्राको सिङ राखेर बनाउने चलन रहेछ ।
पहिले पहिले टाढा बाट देखि रहेको मैले यस पाली नजिक बाट नियाल्न पाए । आफ्नै घरमा भएकोले हाम्रो समुदायको संस्कार र रितिरवाजको म चासो मानी सोधि खोजी बुझ्न आतुर थिए ।
तायाः मचाको शिरमा गाईको चित्र, मृतकको तस्बिर राखी चौरी गाईको रौ लगाउने हु“दा टाढाबाट नै पहिचान गर्न सकिने रहेछ । यसलाई डोकोमा अड्याएर मृतकका आफन्तले काधमा बोकेर डुलाउने काम गरियो जसको म स्वयंले गरुङ्गो भए पनि अलि अलि बोकेर हिडे जुन मेरा लागी पहिलो र अन्तिम अनुभव समेत थियो, ताया ःमचा देखाए पछि मृतकको आत्माले शान्ति पाउने भन्ने कथन रहेको छ ।
अचम्म त के लाग्छ भने हाम्रो समुदायले जन्म पूर्ब देखि मृत्यु संस्कार सम्मका पूजा, संस्कृति र रीतिरिवाजहरू गर्ने गर्दछन् । बिस्तारै लोप हुदै गई रहेका यी जात्राहरु,चाडपर्बलाई संस्कृति संरक्षणमा हाम्रो पुस्ता लाग्नु जरुरी छ ।