३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस दुबईमा भब्य सम्पन्न

9
views

–सचिन्द्र श्रेष्ठ

“संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर “ भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ युएई र आबद्ध ११ वटा जातिय संघ संस्थाहरुको प्रतिनिधित्व गरेको संस्था नेपाल आदिवासी जनजाति महासंघ युएईद्धारा आयोजना गरिएको हो । ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष –भूषाहरुको प्रदर्शन र मौलिक संस्कृति झल्काउने खालका नाचगानसंगै भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर दिनबन्धु सुवेदी र कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बुले गरेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायी, बुद्धिजीवी, कलाकार,समाजसेवी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण जातिय सांस्कृतिक झांकी प्रदर्शन, खानपानका परिकारहरुको स्टल, जातिय भेष –भूषाहरुको स्टल र पूराना बस्तुहरुको प्रदर्शनी रहेको थियो । कार्यक्रममा अतिथिहरुले विभिन्न जातिय स्टलहरुमा अवलोकंन गर्दै स्टलमा प्रदर्शन गरिएका सरसामान र खानपानका बारेमा जिज्ञासा लिएका थिए । साथै अतिथि तथा सम्पूर्ण दर्शकहरुले जातिय विभिन्न परिकारका खानाको स्वादको आनन्द लिएको प्रत्यक्ष देख्न सकिन्थ्यो ।जातिय सांगीतिक रमझमका साथै मौलिक खानपानको ब्याबस्था थियो ।


स्थानीय कलाकारहरुको विविध सांगीतिक प्रस्तुतिहरु संगै मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत भएको थियो । हरेक संस्थाबाट एकजना मिस्टर र एकजना मिस गरि जम्मा १८ जना कन्टेस्टेन्ट सहभागी थिए । जस्मा मिस इन्डिजिनियस युएई–२०२४ का लागि शेर्पा किदुक युएईबाट टासी डोल्मा शेर्पाले हात पार्नमा सफल भएकी छिन् भने मिस्टर इन्डिजिनियस युएई–२०२४ का लागि नेपाल मगर संघ शाखा युएईबाट होम रजाली मगरको भागमा परेको छ । दुबैजना विजेतालाई उपस्थित सबैले शुभकामना दिएको थियो ।
प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष लगायत अतिथिहरुको संयुक्त दीप प्रज्योजन गरि उद्घाट्न भएको कार्यक्रममा कार्यक्रम संयोजक सुरेन्द्र लामाको शुभकामना मन्तव्य सगै कार्यक्रमलाई दुई चरणमा विभाजित गरी पहिलो चरणको औपचारिक कार्यक्रमलाई सोही महासंघका महासचिव डि के किरांतीले संचालन गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमलाई मनिषा लिम्बु र रोहित तामाङले संयुक्त रुपमा संचालन गरेका थिए ।