भजनीमा पाँच हजार घरधुरी डुबानमा

4
views

नवदृष्टि संवाददाता
६, भदौ
धनगढी । कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्नबनेपछि भजनी नगरपालिकाका पाँच हजार घरधुरी डुबानमा परेका छन् ।

भजनी नगरपालिका– ३ का वडाध्यक्ष विक्रम चौधरीले नगरपालिकाको वडा नं. ३, ८, ५, ७, ९, २ को मोहनपुर, पल्टुपुर, तीनघरुवा, वडा नं ४ को बिजुलिया, झल्झलिया, खैलाड, कुडी गाउका पाचहजार भन्दाबढि स्थानियबासी डुबानमा परेको जानकारी दिए ।
बिहीबार बिहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्दा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि पाँचहजार घरधुरी डुबानमा परेको वडा अध्यक्ष चौधरीले बताए । जसमध्ये करिब ९ सय घरधुरीलाई सुरक्षित स्थानमा सारिएको चौधरीले बताए । नदीमा पानीको सतह बढ्दै गएकोले विस्थापितको संख्या बढ्दै जाने अवस्था रहेको बताईएको छ । वडाको जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले बिहानैदेखि उद्धारको कार्यमा खटिएका छन् ।