बाघ मृत फेला, एक भैसी घाईते

5
views

नवदृष्टि संवाददाता
६, भदौ
मकवानपुर । मकवानपुरको मनहरिमा बाघ मृत अवस्थामा फेला परेको छ भने, एक भैसी घाईते भएको छ । विहिबार बिहान ३ः१५ बजेको समयमा मनहरि गाउपालिका–६ प्रतापुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको र एक भैसी घाईते भएको हो ।

बाघले राईको गोठमा रहेको भैसीलाई आक्रमण गर्दा एक वटा भैसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेकाले भैँसीले हान्दा मरेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।