अठार जनाको सव निकालियो

5
views

नवदृष्टि संवाददाता
७, भदौ

काठमाडौ । तनहूँ आबुखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालिएको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । घाईते मध्ये १२ जनालाई काठमाडौ लगिएको एक जनालाई चितवन लगिएको अन्यको उपचार तनहूँ अस्पतालमा भईरहेको जनाईएको छ ।

पोखराबाट शुक्रबार बिहान काठमाडौ आउदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरामा दुर्घटना हुदा मर्स्याङ्दी नदीमा खस्न पुगेको थियो । बसका सबै यात्रु भारतीय नागरिक रहेका छन् ।
उनीहरू भदौ ५ गते गोरखपुरबाट पोखरा आएका थिए । उनीहरू पोखरमा २ दिन बसेर काठमाडौँ फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।