थुनिएको बोक्सेखोला बग्न थाल्यो

11
views

नवदृष्टि संवाददाता
७, भदौ
वेनी, मुस्ताङको थासाङ गाउपालिका–२ मा आएको हिमपहिरोले शुक्रबार थुनिएको बोक्सेखोला बग्न थालेको छ ।

कालीगण्डकी नदीको सहायक बोक्सेखोलामा मूलखर्क भन्ने ठाउको पहाडको खोचमा हिमपहिरो थुप्रिएको थियो ।
हिमपहिरो थुप्रिएको ठाउमा सशस्त्र प्रहरीको टोली पुगेर काम थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताएका छन् । सो पानीको बहावले क्षतिपुर्याउन सक्ने भएपछि खोला आसपासका नौ घरपरिवारलाई सुरक्षित स्थानमा सारीएको प्रहरीले जनाएको छ ।