देशभर डेंगु संक्रमण बढ्दै, तीन जनाको मृत्यु, पाँच हजार भन्दा बढी संक्रमित

8
views

नवदृष्टि संवाददाता
९, भदौ
काठमाडौ । देशभर डेंग, संक्रमणमा वृद्धि भईरहेको छ । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ५ हजार ११९ जना संक्रमितमध्ये तीन जनाको मृत्यु भएको हो । मृत्यु भएका डेंगु संक्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।

Aedes aegypti Mosquito. Close up a Mosquito sucking human blood.

महाशाखाले देशका सातै प्रदेशमा डेंगु फैलिएको जनाएको छ । पछिल्लो पटकको तथ्यांकअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु संक्रमण फैलिएको छ । गण्डकीका २१ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, बागमती प्रदेशमा १३ सय ७७ जनामा डेंगु संक्रमण भएको छ भने, कोशीका ७ सय ६ जनामा डेंगु भएको छ । सुदूरपश्चिमका ३ सय १५ जनामा, मधेशका ७९ जनामा र कर्णालीका ७१ जनामा डेंगी देखा परेको छ ।
नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । हुम्ला र मुस्ताङ मात्रै डेंगु संक्रमणबाट सुरक्षित रहेको छ । देशभर ७५ जिल्लामा ५ हजार बढीमा डेंगु पुष्टि भएको छ ।
ञदेशभर ७७ मध्ये ७५ जिल्लामा डेंगी संक्रमण देखिएको छ । तनहुमा १ हजार ४५ जनामा डेंगी संक्रमण देखिएको छ । यो जिल्लामा मात्रै एक हजार बढी डेंगु संक्रमित छन् । यो तथ्यांक मध्ये माघ यताको रहेको इडीसीडीले जनाएको छ ।
डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै विज्ञहरुले सर्तकता अपनाउन आग्रह गरेका छन् । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले सर्दछ ।
एडिस जातको लामखुट्टेले संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाव दिएका छन् ।