राष्ट्रपति द्धारा कृष्ण मन्दिरमा पुजाअर्चना

6
views

नवदृष्टि संवाददाता
१०, भदौ
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरेका छन् । राष्ट्रपति पौडेल पाटन कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले स्वागत गरेका थिए ।
  हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी सोमबार देशभर भगवान श्रीकृष्णको पूजा आराधनागरी श्रद्धा भक्तिपूर्वक मनाएका छन् ।