तिजको लहर आयो बरिलै, अनेम संघ (क्रान्तिकारी)द्वारा शुभकामना आदनप्रदान

21
views

वदृष्टि संवाददाता
पर्वत, १२, भदौ
तिजको लहर आयो बरिलै, बोलको गित जस्तै महिलाहरुको महान् चाड हरितालिका तिज नजिकीदै गर्दा महिलाहरुमा तिजको लहर आउन थालेको छ । गाउँ सहर जताततै तिजका गितहरुले गुन्जिन र तातिन थालेका छन् । तिजको अगाडि खाने दर खाने र नाचगान गर्ने कार्यक्रम सुरु भएका छन् । पार्टिका महिला संघ, संगठन, देखि संघसस्थाहरुले तिजका दरखाने कार्यक्रम गर्न थालेका छन् ।

यसैक्रममा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पर्बत जिल्ला समितिले पनि दिदिबहिनीहरु माझ तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार कुस्मामा सम्पन्न भएको छ ।
अनेम संघ (क्रान्तिकारी) जिल्ला समितिको अध्यक्ष चन्द्रा शर्माको अध्यक्षता र जिल्लातहका महिलाहरुको सहभगितामा भएको कार्यक्रममा राष्ट्रिय सभाकी सभासद् मनरुपा शर्मा विमला केन्द्रिय सदस्यहरु सुदिप कु“वर र गगनबहादुर थापा प्रदिप, फलेवास नगरपालिककी उपमेयर शोभा क्षेत्री, लिला दवाडी, तारा रिजाल, कुश्मा नगर अध्यक्ष शंकर गिरि, समाजबादी महिला संघकी केन्द्रिय सदस्य धनकुमारी सुवेदीले पनि आफ्ना धारणा राख्दै शुभकामना आदनप्रदान र दरखाने कार्यक्रम गरिएको थियो ।