चार सय सत्तरी डेंगु संक्रमित थपिए

8
views

नवदृष्टि संवाददाता
१४, भदौ
काठमाडौ । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएका छन् । अगस्ट २७ सम्ममा थपिएका सहित ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् ।

Aedes aegypti Mosquito. Close up a Mosquito sucking human blood.

तनहु र कास्की जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । देशभर २७ अगस्ट सम्ममा ५ हजार ५८९ जना सङ्क्रमितमध्ये तनहुमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित देखिएका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यो तथ्याङ्क माघयताको हो । देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ ।