हमासद्धारा अपहरणमा परेका ६ बन्धक मृत फेला

6
views

एजेन्सी,१६,भदौ
तेल अभिभ । हमासद्धारा अपहरण गरेका ६ जना बन्धकहरूको शव गाजा पट्टीमा फेला परेको इजरायलले जानकारी दिएको छ । इजरायली डिफेन्स फोर्सेस आईडीएफ ले जारी गरेको विज्ञप्तिमा ती शवहरू शनिबार राफाह क्षेत्रमा अवस्थित एक भूमिगत सुरुङमा फेला परेको जनाईएको हो ।

मृत फेला परेका बन्धकहरूमा कार्मेल ग्याट, एडिन यरुसाल्मी, हेर्स गोल्डबर्ग–पोलिन, एलेक्ज्यान्डर लोबानोभ, अल्बोग सारसुई र मास्टर सर्जेन्ट ओरी डानिमो रहेका छन् । आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले प्रारम्भिक अनुसन्धानमा इजरायली सेना त्यहा पुग्नभन्दा केही बेरअघि हमास आतङ्कवादीहरुले उनीहरूलाई क्रूर तरिकाले हत्या गरेको बताए ।
गोल्डबर्ग पोलिन अमेरिकी नागरिक हुन् । उनको मृत्युको पुष्टिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू यस समाचारबाट स्तब्ध र क्रुद्ध बनेको बताएका छन् ।
इजरायली सेनाले सबैको शव आइतबार बिहान इजरायल ल्याइपु¥याइएको जानकारी दिएको छ । यसबारे मृतकको परिवारलाई पनि जानकारी दिइसकिएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी २ सय ५१ जनालाई बन्धक बनाउनुका साथै १२ सय जनाको हत्या गरेको थियो । हाल ९७ जना बन्धक हमासको कब्जामा रहेका छन् । यसमध्ये २७ जनाको मृत्यु भइसकेको अनुमान छ । यस घटनापछि इजरायली सेनाले गाजामा गरेको सैन्य कारबाहीमा कम्तीमा ४० हजार ५३० जनाको मृत्यु भइसकेको छ । बीबीसी