तिजको माहोल,गाउँगाउँ, सहर सहर

16
views

वदृष्टि संवाददाता
पर्वत, १६ भदौ
हिन्दु महिलाहरुको महान् चाडको रुपमा रहेको हरितालिका तिज पर्वको पुर्व सध्यामा पर्वत जिल्लाका गाउँगाउँ सहर, सहर तिजको रमाईलो माहोल देखिन थालेको छ ।

गाउघर सहरबजारमा रहेका महिलाहरुका सामाजिक संघसस्थाहरुले तिजको अगाडी नै दरखाने शुभकामना आदनप्रदान कार्यक्रम राखि तिजगितमा नाचगानगरि रमाउन थालेका हुन् । सदरमुकाम कुश्माबजार तथा कुश्मा नगरपालिकाहरुका वडाहरुमा रहेका आधा दर्जन संघसंस्थाहरुले एकैदिन दरखाने कार्यक्रमको आयोजना गरेका छन् ।

सनीवार महिला दिदिबहिनीबिच कुश्मामा रहेका पर्वत कुश्मा नारि समुह, प्रगति जनजी समुह, एकता युवा क्लव, राजयोग विश्वविद्यालय,शिवालय बहुमुखी क्याम्पस, पर्वत जिल्ला अस्पतालले तिजको दरखाने र शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेका थियो । त्यस्तै कुश्मा नजिकै रहेको कुनपा नौ कटुवाचौपारीमा पनि दरखाने कार्यक्रम आयोजना गरिएको थियो । ताजा तरकारी आमा समुह, फुलबारी आमा समुह, साविक २ नम्वरको आमा समुहले एकै साथ छुट्टाछुट्टै दरखाने तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेका थिए ।
तिजको लागि दिदिबहिनीहरु को चहलपहल देखिन थालेको छ । माईत जाने घर आउनेहरु महिलहरुले चलहपहल बढाएका छन् ।