ईजरायली प्रधानमन्त्री नेतान्याहु विरुद्ध प्रर्दशन

7
views

१७, भदौ ।
एजेन्सी । गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि इजरायलमा प्रधानमन्त्री बेन्जामिन नातान्याहु विरुद्ध हजारौ इजरायली सडक प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनकारीले बन्धकहरुको रिहाइका लागि हमाससग तत्काल सम्झौता गर्न माग गरेका छन् ।
तेल अभिव, जेरुसेलम लगायत कयौ सहरमा जारी प्रदर्शनमा सहभागीहरु सरकारको चर्को आलोचना गरेका समाचारहरुमा जनाइएको छ । गत वर्षको अक्टोबर महिनामा इजरायलमा हमास समूहले आक्रमण गरी नेपालका विपिन जोशीसहित सयौ मानिसलाई बन्धक बनाएको थियो ।
तीमध्ये केही विदेशी नागरिकलाई हमासले यसअघिका युद्धविरामका क्रममा छाडेको छ । यस्तै केही इजरायली बन्धकलाई कैदी आदानप्रदानको प्रक्रिया जसरी रिहा गरेको छ ।
नेपालका विपिन जोशीसहित अझै झण्डै ५० जना बन्धकलाई हमासले रिहा गरेको छैन । पछिल्लोपटक हमासले बन्धक बनाएकामध्ये ६ इजरायलीको शव भेटिएपछि इजरायलमा पुनः प्रदर्शन भएको हो । बन्धकमध्ये धेरैको अवस्था अज्ञात छ ।