जिल्ला स्तरीय खुला कविता लेखन तथा वाचन प्रतियोगितामा भवानी विद्यापिठ प्रथम

15
views

नवदृष्टि संवाददाता
पर्वत, २०, भदौ
जनक मावि भुपु विद्यार्थी समाजको आयोजनामा बुधवार आयोजित जिल्ला स्तरीय खुला कविता लेखन तथा वाचन प्रतियोगितामा भावनी विद्या पिठ मावि फलेवास नगरपालिका सागर पौडेल प्रथम भएका छन् ।

उनले प्रथम स्थान प्राप्तगरि ८ हजार रुपया राशीको पुरस्कार हात पार्न सफल छन् ।
त्यसैगरी काफल चौर मावि कुश्मा ३ का अभिषेश गिरीले द्धितिय स्थान प्राप्त गर्न सफल भएका छन् उन ले रु ६ हजार रुपया राशिको पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै तृतीय पुरस्कार प्राप्त गर्नेमा आईवल एकेडेमी कुश्मा ९ का निर्णायक विक रहेका छन् उनले ४ हजार रुपया राशिको पुरस्कार प्राप्त गरेका छन् त्यसैगरी शान्तवना पुरस्कार प्राप्त गर्नेमा कुश्माका कालीगण्डकी एकेडेमीका सिम्रन भण्डारी र जनक माविकी रश्मी लामिछाने सफल भएका छन्, उनले २,२ हजार रुपया प्राप्त गर्न सफल भएका छन् ।
कुनपा १० मा रहेको जनक मावि थुमको व्यवस्थापनमा गरिएको कार्यक्रममा जिल्लाका १७ विद्यालयले सहभागि थिए । जिल्ला स्तरीय खुला कविता लेखन तथा वाचन प्रतियोगिता जनकमावि थुमको प्राङ्गणमा गरिएको थियो ।