वायु प्रदुषण सम्वन्धि निति बारे छलफल

5
views

नवदृष्टि संवाददाता
२२, भदौ
काठमाडौ \ उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने भएकाले यसमाथि छलफल भईरहेको बताएकी छन् ।

शनिवार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खुला फोरममार्फत सांसदहरूसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताएकी छिन् ।
उपसभामुख रानाले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई धेरै असर परिरहेको भन्दै त्यसबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् ।
रानाले भनिन्, इँटाभट्टामा काम गर्ने मजदुरका सन्तानले धेरै कठिनाइ भोग्नुपर्छ । स्मोकबाट जुन इँटा बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ । विश्वकै आँकडा हेर्ने हो भने धुवा पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । म अहिले लुज फोरममा एयरपोलुसनमा पोलिसी बनाउने भनेर लागिरहेको छु । टाइनीभेन्टिलेशनले गर्दा धेरै बच्चाहरूको मृत्यु भइरहेको छ । मैले पोलिसीका लागि पनि ड्राफ्ट गरिरहेको छु ।’
उपभासमुख रानाले महिला, बालबालिकाका लागि सरकारले छुट्याएको बजेट कम रहेको बताएकी छिन् ।