भरतपुरकी मेयर रेणु दाहाल बाबा रामदेवको निमन्त्रणामा नयाँदिल्लीमा

4
views

नवदृष्टि संवाददाता
२३, भदौ
काठमाडौ । चितवनको भरतपुर महानगरपालिका मेयर रेनु दाहाल बाबा राम देवको निमन्त्रणामा भारतको दिल्ली पुगेकी छिन् ।

पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री समेत रहेकी दाहाल पतञ्जलि योग पीठका रामदेवद्वारा प्रर्वधित ‘हाम्रो स्वाभिमान ट्रस्ट’ द्वारा आयोजित तिज कार्यक्रममा सहभागी हुन भारतको राजधानी नयाँदिल्ली पुगेकी हुन् ।
दाहालको सचिवालयका अनुसार कार्यक्रममा भाग लिएर दहाल आइतबार स्वदेश फर्किदै छिन् ।
सचिवालयले जनाए अनुसार ‘मेयर दहाल नयादिल्लीमा नेपालीहरूले आयोजना गरेको तीजमा भाग लिन भारत गएकी हुन् । त्यहा आयोजित ‘हरितालिका तीज महोत्सव २०८१’ मा सहभागी भएर आज स्वदेश फर्किँदै छीन्’, । उक्त कार्यक्रममा रामदेव, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको बताइएको छ ।