स्वास्थ्य कार्यालय पर्वतले गर्यो, बार्षिक समिक्षा, प्रदेश स्वास्थ्य मन्त्री पाठकले गरे उद्घाटन

16
views

नवदृष्टि संवाददाता
भाद्र २६ पर्वत ÷
जिल्ला स्वास्थ्य कार्यालय पर्वतले दुईदिने जिल्ला स्तरिय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम गरेको छ । गण्डकी प्रदशेका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सो गोष्ठिको सोमबार उद्घाटन गरेका हुन् ।

सो गोष्ठिमा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहल गर्नकै लागि आफु तत्पर रहने बताएका छन् । मन्त्री पाठकले कर्मचारीहरु चरित्र र अर्थ लाई चुस्त दुरस्त बनाउन सकेको खण्डमा स्वास्थ्यक्षेत्रले अझै फड्को मार्दै जाने विश्वास व्यक्त गरेका छन् ।
पर्वत जिल्लाले सातवटै पालिकाका स्वास्थ्य क्ष्ँेत्रका उपलब्धी, समस्या र आगामी कार्यक्रमप्रति देखाएको चासोले नै स्वास्थ्यक्षेत्रको थप विकासमा बताए । सो अवसरमा स्वास्थ्य क्षेत्रको नितिगत सुधार आफ्नो पहिलो प्राथामिकता रहेको बताएका थिए । प्रदेशका ११ वटै जिल्लामा पुगेर अन्तरक्रिया गर्ने योजना राखेको छु, उनले भने,स्थानिय पालिकाहरु संग समन्वय र प्रदेश सरकारको साझेदारीमा स्वास्थ्यको क्षेत्रमा केही परिवर्तन गरेर देखाउन आफु मन्त्रि बनेको हु’
कार्यक्रमका विशिष्ट अतिथी जिल्ला समन्वय समितिका प्रमुख विष्णूराम विकले स्वास्थ्य क्षेत्रमा नागरिकहरुको सहज पहुच हुनुपर्नै आवश्यकता रहेको बताए । स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको जिल्ला स्तरिय वार्षिक समिक्षामा कार्यालयका प्रमुख प्रविण शर्माले कार्यालय वाट गत आवमा सम्पादन भएका कार्यहरुको प्रगती प्रस्तुत गरेका थिए । सो अवसरमा पर्वत अस्पतालका सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले जिल्ला अस्पतालको वािर्षक प्रगती तथा समस्याहरुको वारेमा जानकारी गराएका थिए । त्यस्तै पर्वतका सवै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुखहरुले पालिका स्तरको प्रगती प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख खिमवहादुर खड्का, प्रयोगशाला निर्देशनालयका प्रमुख मनमोहन विष्ट, आपुर्ती व्यवस्था महाशाखा प्रमुख डा. रेखा आचार्य, प्रदेश तालिम केन्द्रका महानिर्देशक हेमन्त शर्मा गण्डकी प्रदेश चिकित्सा सेवा महाशाखाका प्रमुख रमेश कुमार केसी, पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी, नेपाल पत्रकार महासंघ पर्वतका सचिव राजबाबु पिसी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालयका परिवार नियोजन सुपरभाइजर निरिक्षक नारायण प्रसाद रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य जनस्वास्थ्य अधिकृत प्रकाश गौतमले गरेका थिए ।
यसैगरि स्वास्थ्य मन्त्रि कृष्णप्रसाद पाठकले जिल्ला अस्पताल पर्वतको निरिक्षण अनुगमन गरेका छन् । निरिक्षण अनुगमन पछि जिल्ला अस्पताल पर्वतले गरेका उपलब्धीले प्रभावित भएको बताए । उनले आफुले जिल्ला अस्पताल पर्वतलाई प्रदेशबाट गर्नसक्ने सहयोग गरिरहने जनाए ।