झ्याप्ले खोलामा ३५ जनाको सब निकालियो

9
views

नवदृष्टि संवाददाता
१३,असोज
काठमाडौ । धुनीवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पुरीएका दुईवटा गाडी बाट ३५ जनाको सब निकालिएको छ । यात्रुबहाक सवारीसाधन पुरिएको सूचना समयमै नपाउदा यति धेरै मानवीय क्षति भएको बताईएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने झ्याप्ले खोलामा आइतबार मध्याह्नसम्म लेदोसहितको पहिरोमा पुरिएको तीन वटा गाडी सुरक्षा निकायले फेला पारेका हुन् ।
घटनास्थलमा खटिएका प्रहरीका अनुसार आइतबार मध्यान्नसम्म ३५ जनाको शव फेला परेको छ भने अन्यको खोजी कार्य जारी रहेको छ ।
अन्य बस पनि पुरिएको हुन सक्ने आशङ्का गरिएको छ । सो स्थानमा शुक्रबार बिहानदेखि वर्षा भएपनि पहिरो शनिबार बिहान ३ बजेतिर गएको स्थानीयबासीले जानकारी दिएका छन् ।
अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्काभेटर प्रयोग गरेर पहिलो पन्छाउने काम भइरहेको छ ।
पहिरोमा पुरिएका बाहेक अन्य ६–७ वटा सवारी साधनमा क्षति पुगेको छ । झ्याप्ले खोलामा यसअघि २०५५ र ०५९ सालमा पनि ठुलो पहिरो गएको थियो । त्यतिबेला समेत १० जनाको मृत्यु भएको स्थानीयको भनाइ छ । पहिरो गएको ठाउ निर्माणाधीन नागढुंगा– नौबिसे सुरुङ मार्ग नजिकै पर्छ ।
सूचना पाए लगत्तै उद्धारमा खटिएका धुनिवेशी–९ का वडा सदस्य बिक्रमजंग रानाले समयमै सूचना नपाउँदा ठुलो मानवीय क्षति भएको बताएका छन् ।
अहिले पहिरो पन्छाएर शव निकाल्ने र शवलाई पोस्टमार्टमका लागि काठमाडौ लैजाने काम भइरहेको उनले बताए ।
बुटवल, चितवनबाट आएको गाडी भेटिसकेको छ । अब गोरखाबाट आएको गाडी उत्खनन गरिरहेका जनाईएको छ । शव क्षत विक्षत भएकाले पहिचान गर्न सकिएको छैन करिब १० फिट बराबरको लेदोसहितको पहिरो भएका कारण पुरिएको आशङ्का लागेर खोजी कार्य गरेका हौ । हिजो भेटिएका १४ जनाको शव बुटवलबाट आएको गाडीको हो । आज भेटिएकामध्ये १५ जनाको शव चितवनको गाडीको हो । गोरखाबाट आएको गाडी पनि निकालिदै रहेको उद्धारकर्ताले बताएका छन् ।