प्रधानमन्त्री ओली स्वदेश फिर्ता

4
views

नवदृष्टि संवाददाता
१४, असोज
काठमाडौं ः ४ असोजमा संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर स्वदेश अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए ।
ओली स्वदेश त्रिभुवन अन्र्तराष्ट्रिय विमास्थल अवतरण हुनेबेला आन्तरिक तथा बाह्य दुवै उडान आधा घण्टालाई रोकिएको थियो । ओलीको अवतरणका लागि अहिले काठमाडौँमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको थियो ।