पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुल्यो

7
views

नवदृष्टि संवाददाता
१४, असोज
काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेको छ । राजमार्ग खुलेपछि अलपत्र परेका एक हजार सात सय ७ सवारीसाधन काठमाडौ उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौ सवारीसाधन काठमाडौ भित्रिएको जानकारी दिए ।
त्यसैगरी सोमबार दिउसोपछि काठमाडौबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले जानकारी दिएका छन् ।
‘आजदेखि उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुदै सवारी साधन बाहिरिने छन्,’ उनले भने,‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ ।’
प्रवक्ता तिवारीले मौसम पूर्णरुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।
बिस्तारै सडक खुल्ने र खुलाउनेक्रम रहेको र अझै पहिरो लगायत जोखिम टरिसकेको बताएका छन्
अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको उनले बताए ।