कटुवाचौपारी जेष्ठ नागरिक समाजको चौथो वार्षिक साधारण सभा तथा जेष्ठ नागरिक दिवस

18
views

नवदृष्टि संवाददाता
पर्वत, १५ असोज,
कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । मंगलबार चौथो वार्षिक साधारण सभा तथा जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा वृद्धावृद्धहरुलाई सम्मान गरिएको हो ।

चौथो वार्षिक साधारण सभा तथा जेष्ठ नागरिक दिवस कार्यक्रममा वृद्धवृद्धाहरुलाई बाच्नको लागि सहज र सजिलो बनाउने उपायका बारेमा वक्ताहरुले बोलेका थिए । वक्ताहरुले वृद्धवृद्धाहरु लाई सम्मानकासाथ बस्ने आधार निर्माणमा नवनिर्मित वृद्धाश्रम भवनबनेपछि सहज भएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष रामशर्मा लामिछानेले वृद्धवृद्धालाई सम्मान पुर्वक बा“च्न पाउने अधिकारलाई सुरक्षित रराख्न वडाबाट सहयोग गरिरहने बताए ।
कटुवाचौपारी जेष्ठ नागरिक समाजका अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पर्वतका पुर्व उपसभापति रामशर्मा पौडेल, कटुवाचौपारीका पुर्व वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने, वरिष्ठ पत्रकार युगनाथ पौडेल, पत्रकार महासंघ पर्वतका सचिव राजबाबु पिसी, वडा सदस्य प्रकाश श्रेष्ठ, समाजसेवी घनस्याम लामिछाने, समाजसेवी डण्डपाणि शर्मा, ताजा तरकारी उत्पादक महिला समुहकी अध्यक्ष शान्ति पिसी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव गोपालदास पौडेलले गरेका थिए भने कार्यक्रमको स्वागत खडानन्द पौडेलले गरेका थिए । कार्यक्रममा ४१ भन्दाबढि वृद्धवृद्धालाई सम्मान गरिएको थियो ।