मनसुन बाहिरियो, मनसुुनी वायु कमजोर

5
views

नवदृष्टि संवाददाता
२० असोज
काठमाडौँ । केहि दिन पहिले नेपालमा वितण्डा मच्चाएको मौसमी वायु बाहिरिन थालेको छ । मनसुन बाहिरिएपछि मनसुनी वायु कमजोरहुन पुगेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट यस वर्षको मनसुन बाहिरिन थालेको छ । आइतबार साढे चार बजे जारी गरेको बुलेटिनमा यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागबाट बाहिरिएको छ । त्यस्तै लुम्बिनी प्रदेशका थोरै स्थानबाट पनि यस वर्षको मनसुन बाहिरिएको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।