धौलागिरी हिमाल आरोहणमा गएका पाँच रुसी पर्वतारोहीको मृत्यु

3
views

नवदृष्टि संवाददाता
२२, असोज
म्याग्दी । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । उनीहरुको शव मंगलबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको छ ।
आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एक जनालाई उद्धार गरी काठमाडौ पठाइएको बताईएको छ । उनीहरुको खोजी हेलीकप्टरबाट भईरहेको थियो ।