पर्वतका किसानलाई धान भित्र्याउन भ्याईनभ्याई

34
views

नवदृष्टि संवाददाता

पर्वत, ५, मंसिर
पर्वतका किसानहरु यतिबेला धानबाली भित्र्याउने चटारोमा रहेका छन् । जिल्लाका किसानलाई धान भित्र्याउन भ्याईनभ्याई छ । किसानहरु खेतमा धान, पराल, थक्काउन व्यस्त देखिए छन् । किसानहरुले गतवर्षको तुलनामा यसवर्ष वर्षा धेरैभएकाले उत्पादन बढेको बताएका छन् । केहि किसानहरुले असिनापानी र हावाले धान ढलाएर धान उत्पादनमा ह्रास आएको बताएका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले समग्रमा उत्पादन बढ्ने अनुमान गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका सुचना अधिकारी शंकर पौडेलका अनुसार समग्रमा सबै स्थानिय तहमा धान भित्राई सक्ने र उत्पादनको एकिन तथ्याङ्क आईपुग्ने छ । गतवर्षको तुलनमा क्षेत्रफल नबढेपनि उत्पादनमा वृद्धि हुने आकलन रहेको छ ।