सुन पाईने कालीगण्डकीमा पाईन्छन् ,अनौठा शालिग्राम

128
views

नवदृष्टि संवाददाता
पर्वत, ६ मंसिर
मुस्ताङ्गको दामोदर देखि तिब्बतको पठार बाट तनहुको देवघाट सम्म बहने प्रसिद्ध श्रीकृष्ण गण्डकी अर्थात् कालिगण्डकी नदीमा विश्वमा नै नपाईने अनौठा प्रकृतिका शालिग्राम शिला पाईने गरेका छन् ।

धार्मिक तथा पर्यटकिय दृष्टिकोणबाट महत्वपुर्ण मानिएका यी शिलाहरुलाई राज्यस्तरबाट संरक्षणको निम्ति कुनै पहल गरेको पाईदैन । कालिगण्डकीका शिलालाई विभिन्न पुराणहरु महिमा वर्णन तथा श्रीस्वस्थानी कथाका अनुसार विष्णुको अवतारका रुपमा पुज्ने चलन चलिआएको छ । यस नदीमा सुन पनि पाईने गरेकाले सुनको खोजी गरिन्थ्यो अहिले भने सुन चाल्ने गरेको नदेखिएको स्थानिय बताउछन् ।
सरकारद्धारा कालीगण्डकी नदी शालिग्राम शिलाको खासै संरक्षण हुन नसकेपछि स्थानियस्तर बाटनै शालिग्राम शिलाको संरक्षणको लागि स्थानीयहरु लागि परेका छन् । कालीगण्डकी नदीमा पाईने शिला संरक्षणको निम्ति शालग्राम संरक्षण अभियान म्याग्दी, बाग्लुङ्ग, पर्वत, अन्र्तगत १२ वटा पालिका स्तरिय समिति गठन भई सकेका छन् ।
अभियानले कालिगण्डकीका शिलाहरुमा भगवान्का विभिन्न नामाङ्कीत गर्ने कार्यक्रम गरेका छन् भने, संरक्षण अभियानलाई तिब्रता दिएको शालग्राम शिला संरक्षण अभियानका संयोजक यज्ञबहादुर थापाले बताए ।र्
शिलालाई धार्मिक मात्र नभएर विज्ञानले पनि अमोनाईट फ्रोसेल तथा पृथ्वी कै पहिलो जीवाशेष हो भनी तथ्य निकालेकाले यो अति महत्वपुर्ण छ, यस नदीलाई जिवन्त बचाउनुपछर्’ संयोजक थापाले भने, ‘हामी यस नदीलाई विश्वसामु चिनाउछौ, राज्यले पनि साथ दिनुपर्छ ।