आकाशे दीप बाल्ने चलन कायमै

16
views

नवदृष्टि संवाददाता,
पर्वत, १० मंसिर
नेपाली हिन्दु समाजमा आकाशे दीप बाल्ने चलन हट्दै जान थालेपनि बाग्लुङका केहि कतिपय ठाउहरुमा कायमै देखिएको छ । कार्तिक १५ देखि हिन्दू नेपालीहरुको घर आँगनमा आकाश दीप बाल्ने चलन छ । बिभिन्न आकृति,रङ्गहरुमा घरको छानोमा झुन्डयाउने परम्परा बाग्लुङका केहि पुराना बजार क्षेत्रहरुमा अझै रहेको पाईएको हो ।

हिन्दु परम्परा अनुसार नेवाः समुदायमा माता लक्ष्मीको स्वागतका लागि कार्तिक महिनाको कोजाग्रत पूर्णिमा देखि मंसिरको शुक्ल पूर्णिमा सम्म करीब एक महिना सम्म आकासे दीप (आलिमता) रात भर बालेर आ–आफ्नो घरको अगाडि राख्ने चलन रहि आएको छ ।
प्रायःजसो घरहरूमा बास ठड्याई बासको टुप्पाबाट मतकलः अर्थात् बत्ती राख्ने भाडो डोरीले बाधेर बेलुकी बत्ती दिने परम्परा रहेको छ ।
विभिन्न पूराणहरुमा जनाए अनुसार बास, पलाँस, खयर, पीपल आदि पनि ठड्याएर अष्टदलको आकृतिको भाडो भित्र बत्ती राख्ने गरिन्छ । बासमाथि अग्लो स्थानमा राखिने भएकोले यसको प्रकाश धेरै टाढा–टाढासम्म देखिन्छ । हिन्दुहरु धेरैले यस आलुमत अर्थात् आकाशदीपलाई भगवान् विष्णुसग जोडेर हेर्छन् । कार्तिक महिनालाई भगवान् विष्णुको प्रिय महिना मानिन्छ र यसै महिना राति सबैभन्दा धेरै अन्धकार हुन सुरु हुने गर्दछ । आकाशे दीपले निष्पट्ट अँध्यारो बेलामा आकाशचरीहरूले पनि आफ्नो बाटो देखून् भनी आकाशदीप बालिने मान्यता रहि आएको पाईन्छ ।

आकाशदीप घरको कौसी तुलसीको मठ नजिकै, घरआगनमा पनि ठड्याइने गरेको पनि पाईन्छ । गोबरले लिपेको स्थानमा चन्दनयुक्त शुद्ध जल छर्केर त्यसमा आसनका रूपमा अष्टदलयुक्त कमल बनाइन्छ । त्यसको ठीक बीचमा बास वा काठको खम्बा ठड्याइन्छ । खम्बालाई विभिन्न वस्त्र, पताका, ध्वजा, कलश आदि राखेर सजाइन्छ । त्यसमा दीप राखिन्छ, डोरीले बाँसको टुप्पोदेखि झुण्ड्याएर । त्यसरी झुण्ड्याइने भाँडोलाई नेपालभाषामा मतकलः भनिन्छ । त्यसमा पनि अष्टदलको आकृति बनाइन्छ, बीचमा ठूलो दीप र अन्य स–साना आठ दीप । यी स–साना आठ दीप धर्म, हर, भूमि, दामोदर, धर्मराज, प्रजापति, पितृ र प्रेत गरी तमनिवासीहरूलाई चढाएको मानिन्छ ।
दीपमा तिलको तेलराखी झुण्ड्याइएको आकाश दीपलाई पञ्चोपचारले पूजा गरिन्छ । पञ्चोपचार अनुसार गन्धका रूपमा चन्दन, पुष्प, धूप, दीप र नैवेद्य आदि चढाई दैनिक एक महिना सम्म पुजा आजा गरि बाल्ने चलन छ ।