ईजरायल हज्बुलाह युद्ध विरामको चौतर्फी स्वागत

7
views

नवदृष्टि संवाददाता
१३, मंसिर
एजेन्सी । इजरायल सरकारले लेबनानी इस्लामिक लडाकु समूह हिज्बुल्लाहसग मंगलबार राति युद्ध विरामको प्रस्ताव पारित भएपछि युद्धविराम बुधबार बिहान ४ बजेदेखि लागू भएको छ ।

युद्धविराम तेह्र महिना लामो युद्धबाट हिज्बुल्लाह र लेबनान युद्ध विराम भएको हो । युद्ध विराम सम्झौतालाई फ्रान्स लगायत युरोपेली तथा अमेरिका र संयुक्त राष्ट्र संघले इजरायल–हिज्बुल्लाह युद्धविराम सम्झौताको स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामलाई आफ्नो करिब २ महिना लामो प्रयासको प्रतिफल भनेका छन् ।
अमेरिकी प्रस्तावमा समर्थन गरेबापत् राष्ट्रपति जो बाइडनले इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु र लेबनानी प्रधानमन्त्री नाजिब मिकातीलाई विशेष धन्यवाद दिएका छन् । तर, इरान र हमासको भने प्रतिक्रिया आएको छैन ।
यो युद्धमा लेबनानमा करिब ३ हजार ८०० को मृत्यु भएको थियो,करिब १ लाख घर क्षतिग्रस्त भए । करिब ५ लाख मानिसले युद्धको कारण पेशा र रोजगार गुमाएको बताईएको छ ।
सन् २००६ मा पनि हिज्बुल्लाह र इजरायलबीच ३४ दिन लामो युद्ध भएको थियो । यो युद्धमा लेबनानमा १ हजारभन्दा बढी र इजरायलतर्फ १५० को मृत्यु भएको थियो ।