उपराष्ट्रपति द्वारा गढीमाई पञ्चवर्षिय मेला शुभारम्भ

3
views

नवदृष्टि संवाददता
१७, मंसिर
काठमाडौ ः उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पा“च वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’को शुभारम्भ गरेका छन् ।

गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहबिच मेला उद्घाटन गरेका हुन् । उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नी चम्पादेवी र परिवारका अन्य सदस्यसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गरका छन् ।
उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्वमन्त्री, पूर्वसांसद्, स्थानीय सुरक्षा अधिकारी, गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारी, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधि तथा उपस्थित श्रद्धालु भक्तजनले स्वागत गरेका थिए ।
उपराष्ट्रपति यादवले गढीमाई मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादव सहितका पदाधिकारी तथा सुरक्षाकर्मीसँग जानकारी लिदै मेला सफलताको कामना गरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।