किरात समुदाय साकेला उधौली मनाउदै

2
views

नवदृष्टि संवाददाता
३० मंसिर
काठमाडौं ः किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि शुरु भएको छ । किरात समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा आज आईतबार किराती पूर्खा, धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाड मनाउने गर्दछन् ।
किराती समुदायहरुले वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।