नवदृष्टि संवाददाता
२, पुष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चारदिन म्याद थप गर्न जिल्ला अदालत कास्किले अनुमति दिएको छ । “सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसग सम्बन्धित“ मामिलामा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको भोलिपल्ट अदालतले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपको माग गर्दै लामिछानेलाई मङ्गलवार जिल्ला अदालतमा उपस्थित गराएको थियो । गत कात्तिक २ मा काठमाण्डूबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई अहिले आठौ पटक म्याद थपिएको हो ।
कास्की प्रहरीले सोमवार लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।