३३ वर्षपछि भक्तपुर नवदुर्गा गण नाच

7
views

नवदृष्टि संवाददाता
काठमाडौ, १६, पुष
भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको नवदुर्गा गण नाच, गोकर्णेश्वरको देशेंमा सोमबारदेखि देखाउन सुरु गरिएको छ । २०४६ सालदेखि बन्द गरिएको गण नाच सोमबार देखि मंगलबारसम्म दुई दिन देखाउने छ । २०४६ सालपछि यो नचाउन बन्द थियो । ३३ वर्षपछि देखाउन सुरु भएको हो ।


इतिहास तथा शिलालेखहरूमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधि द्वारा देवदेवीलाई आहान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका थिए ।
नवदुर्गा देवगणमा खिंःबाजा, तंःबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव लगायतका देवगण रहेका हुन्छन्।
दशाग्रह बिग्रेको बेला नवदुर्गा भवानीको प्रसाद दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने धार्मिक विश्वास रहिआएको छ ।