नवदृष्टि संवाददाता
३, माघ
काठमाडौ , सर्वाेच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाईे थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।
झाले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
झाले बुधवार सर्वोच्चमा वन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
सो आदेश गैरकानुनी भएको दाबी गर्दै झा बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका थिए ।
झामाथि सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा लागेको छ ।