कुश्माबजारका दुई क्याम्पस मर्जपछि बन्यो, कुश्मा बहुमुखी क्याम्पस

2
views

नवदृष्टि संवाददाता
पर्वत, ६, माघ
पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा रहेका दुईवटा क्याम्पस एकआपसमा मर्ज गरि कुश्मा बहुमुखी क्याम्पस बनाईएको छ । कुश्माको चिलाउने चौतारामा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालयमा रहेको शिवालय बहुमुखी क्याम्पस एक आपसमा मर्ज गरिएका हुन् ।

दुवै क्याम्पसमा विद्यार्थि संख्या बर्षेनी घट्दै गएपछि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गराएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको हो ।
कुश्माबजारमा गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुदै आएका थिए । क्याम्पस मर्ज(एकीकरण)का लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको बताईएको छ ।
नया“ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमति दिईसकेको अध्यक्ष पहाडीले बताए । यसअघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठवटा उपसमिति गठन गरिएको थियो ।
अहिले गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तरसहित दुई सय ६२ र शिवालय बहुमुखी क्याम्पसमा दुई सय ६८ जना विद्यार्थी रहेका छन् । क्यापसमा विद्यार्थी संख्या निरन्तर घट्दै जाने तर क्याम्पसको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि मर्ज गर्नुुपरेको पहाडीले बताए ।
दुवै सामुदायिक क्याम्पस मर्ज(एकीकरण) प्रक्रिया टुङ्गिएसगै चालु शैक्षिकसत्रदेखि नै दुवैतर्फ सञ्चालित कक्षालाई एकीकृत रूपमा सञ्चालन गरिने भएको छ ।