धोबिखोला करिडोरमा अतिक्रमणगरि बनाएका भवन भत्काउन सुरु

5
views

नवदृष्टि संवाददाता
६, माघ
काठमाडौं ः उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरु आईतबारदेखि डोजर लगाएर भत्काउन शुरु गरेको छ ।

प्राधिकरणकोटोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवन भत्काउन शुरु गरेको हो ।

भवन बनाउदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ । सो कार्यको स्थानीयहरुले केहीबेर अवरोध गरेका थिए ।
मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आज आईतबारबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।