नवदृष्टि संवाददाता
८, माघ
काठमाडौ ,कोशी प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । पाचौं अधिवेशन अन्त्य भएकोमा चार महिनापछि हिउ“दे अधिवेशन आज दिउ“सो २ बजेलाई आह्वान गरिएको थियो । अधिवेशनको पहिलो दिन आज प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र बाचन गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश गर्ने र मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुने बताईएको छ ।
यस्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पनि पेश हुने प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ ।
यसैबीच, कर्णाली प्रदेशको हिउँदे अधिवेसनको पहिलो बैठक आज दिउ“सो १ बजे बसेको छ । अधिवेशनको पहिलो दिन भएकोले आज अधिवेशन आह्वान सम्बन्धि पत्र बाचन गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले मन्तव्य राख्ने कार्यसूची मात्रै रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।