पर्वतमा आलु उत्पादनमा वृद्धिहुने अनुमान

12
views

नवदृष्टि संवाददाता
९, माघ
पर्वत,
जिल्लामा आलु उत्पादनमा वृद्धिहुने अनुमान गरिएको छ । जिल्लामा आलुखेतीका लागि क्षेत्रफलमा वृद्धि तथा रोगकिरा नदेखिएको समयमै सिचाई गर्न पाएकाले यसवर्ष आलु उत्पादन वृद्धिहुने देखिएको हो ।

जिल्लामा गतवर्ष १३ सय ४० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा यसवर्ष १३ सय ९० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष १८ हजार ७ सय ८६ दशमलव ८ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष २० हजार ६ सय ६९ दशमलव ३ मेट्रिकटन उत्पादनहुने अनुमान गरिएको छ । जिल्लामा जनकदेव, ताराखोला, कुर्फी ज्योति उन्नत तथा लोकल जातका आलुको विउ लगाउने गरिन्छ ।
आलुको क्षेत्र विस्तार वृद्धि गर्न खायन गतवर्षबाट आयने आलु खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी बाली संरक्षण अधिकृत सोविता सुवेदीले जानाकारी दिईन् ।
जिल्लाका अधिकाश क्षेत्रका कृषकहरुले पनि आलुखेतीमा खासै रोगकिरा नदेखिएकाले र समयमै सिचाईगर्न पाएकाले वृद्धि हुनेमा आसावादी देखिएका छन् । जिल्लाको कुश्मा नगरपालिका ९का एक किसानले भने, सिचाई सुविधा समयमै पाईयो, आलु लहलह भएका छन् रोगकिरा देखिएको छैन, आलु राम्रो हुने मानिएको छ ।