सरकारको गति र मति मिलेन- नेपाली कांग्रेस महामन्त्री थापा

11
views

नवदृष्टि संवाददाता
२२,माघ
पर्वत, सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामप्रति कटाक्षगर्दै गति र मति नमिलेको बताएका छन् ।
नेपाली कांग्रेस पर्वत प्रदेश(ख) को प्रथम सम्मेलनलाई मंगलबार पर्वतको हातेमोलो चोकमा सम्बोधनका क्रममा महामन्त्री थापाले कतिपय विषयमा सरकारको गतिसँगै मति पनि ठीक नभएको बताएका हुन् ।

‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउने भन्दै यसलाई समाल्ने जिम्मा काग्रेसकै भएको बताए ।
थापाले नेपाल बन्दैछ र हामी बनाउछौ भन्ने नारा बनाउनुपर्ने र निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्नेमा जोड दिएका छन् ।