नवदृष्टि संवाददाता
२३, माघ
काठमाडौं ः त्रिकोणात्मक महिला टी–२० सिरिज अन्तर्गत आजको खेलमा पूजा महतोको ६२ रनको मद्दतले नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले पूरा ओभर खेल्दै ४ विकेट गुमाएर १४५ रन बनायो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलिकी कप्तान इन्दु वर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी थिइन् ।
नेपालका लागि महतोको ६२ रन सगै वर्माले ३९, रुविना क्षेत्रीले २०, सम्झना खड्का ६, ममता चौधरी १ र कविता जोशी ७ रनमा अविजित रहिन् ।