बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव सानदार रुपमा सकियो

2
views

नवदृष्टि संवाददाता
२५ माघ, पर्वत ।
पर्वतको कुश्मा बजारमा १० दिन सम्म संचालित गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव सानदार रुपमा सम्पन्न भएको छ । विभिन्न सास्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता बिहिबार सम्पन्न भएको हो । समापन समारोह बिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

बिहीवार अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ । सम्पन्न फाईनल खेलमा पर्वत भलिवल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट २५र२७, दोस्रो सेट २५र२७ ले स्याङ्जाले जितेको थियो भने तेस्रो सेटक २२–२५ ले पर्वतले जितेको थियो । त्यसैगरी चौथो सेटमा पुनः स्याङ्ले २२र२५ को अन्तरमा जित निकाल्दै उपाधि चुम्न सफल भएको थियो । पर्वत भलिवल संघ उपबिजेताबनेको छ । प्रतियोगितामा तेस्रो म्याग्दी भलिबल संघ बनेको छ । प्रथम स्थान प्राप्त गरेको स्याङ्जाले नगद रु ७५ हजार ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरि उपबिजेता पर्वतलाई रु ५० हजार, मेडल र प्रमाणपत्र प्रदान गरियो भने तेस्रो स्थान प्राप्त म्याग्दीले ३० हजार ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।जिल्ला खेलकुद विकास समिति पर्वतले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ८ वटा जिल्लाले भाग लिएका थिए ।
यसैगरी खुल्ला महिला भलिवल छनौट खेलतर्फको उपाधि म्याग्दीले हात पारेको छ । म्याग्दी र पर्वतबीच भएको फाईन खेलमा ३–०को सोझो सेटमा म्याग्दीले उपाधि हात पारेको हो ।
महिलातर्फ कास्कीको समुह तेस्रो बनेको छ ।उपाधि सँगै म्याग्दी भलिबल संघले नगद रु। ७५ हजार ट्रफि र प्रमाणपत्र, पर्वतले रु ५० हजार,मेडल र प्रमाणपत्र तथा कास्कीले रु ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति पर्वतले जनाएको छ । माघ १५ गतेदेखि सुचारु विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सवै सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति पर्वतले जनाएको छ । खेलकुद तथा विभिन्न प्रतियोगिताहरुका पुरस्कार वितरण गरिएको थियो ।
बिजेताहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पुरस्कार प्रदान गरेका थिए । मन्त्रि बस्यालले खेललाई पर्यटनस“ग जोड्नुपर्नेमा जोड दिएका थिए ।
खेल सगै मनोरञ्जन र खेलकुदको बिकास का लागि गरिएको महोत्सब भब्य रुपमा सफल भएको मुल संयोजक हर्कमान गुरुङ्गले बताएका छन् । जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष हर्कमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गण्डकी प्रदेश सदस्य श्रीधर शर्माले महोत्सवले खेलकुदको विकासमा टेवा पुग्ने बताएका थिए । सञ्चालन लोक गायक एवम पत्रकार कृष्ण अखेलीले गरेका थिए ।