एच.पि.भी, खोप अभियान पहिलो चरण सकियो, दोस्रो चरण आम्वारी माविबाट सुरु हुदै

60
views

नवदृष्टि संवाददाता
पर्वत, २७,माघ
पर्वत जिल्लामा ४ हजार ७ सय १९ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाई एच. पि. भी खोप लगाइनेगरि भएको खोप अभियानको पहिलो चरण आज २७ माघमा सम्पन्न भएको छ ।

पहिलो चरणमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउपालिका र जलजला गाउपालिकामा माघ २२ बाट सुरु गरिएको थियो । पहिलो चरणमा रहेका यी पालिकाहरुमा ३३ सय ९९ जना किशोरीहरुलाई सो खोप लगाईएको छ । खोप लगाउनको लागि १ सय २४ खोपकेन्द्र स्थापना गरिएका थिए भने १ सय २४ स्वास्थ्यकर्मी, स्थानिय निकायहरु, स्वयंसेवी परिचालन गरिएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिकामा ९७ प्रतिशित, फलेवासमा ९७ प्रतिशत, मोदी गाउपालिकामा ९७ प्रतिशतर जलजला गाउपालिकामा ९९ प्रतिशत किशारीहरुले पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाइ एच. पि. भी खोप लगाईएको हो ।
त्यसैगरि दोस्रो चरणमा पर्वतका महाशिला, विहादी र विहादीमा यो खोप अभियान विहादीको आम्वारी माविमा माघ २८ बाट एच. पि, भि खोप अभियान शुभारम्भ हुने जिल्ला स्वास्थ्यकार्यालय पर्वतका खोप फोकलप्रसन नारायण प्रसाद शर्माले जानाकारी दिएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालनहुने. खोप अयिभयानमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा, ४ हजार ६ सय ६७ र समुदायमा रहेका ५२ जना गरि १० बर्षदेखि १४ बर्षसम्मका किशोरीहरुलाई उक्त खोप अभियान संचालन गरिएको छ।
एच पि भि खोपबाट छुटेका हरुलाई सम्वन्धित पालिकाले तोकेको ठाउमा फागुन ६ भित्र लगाउनसक्ने जिल्ला स्वास्थ्य कार्यालय , पर्वतले जनाएको छ ।