नवदृष्टि संवाददाता
२९, माघ
पर्वत जिल्लामा २५ हजार २ सय ३ मेट्रिक टन खाद्यन्न अपुग हुने गरेको छ । जिल्लामा धान, गहु, मकै, कोदो, जौ, फापर जस्ता खाद्यन्नबाली उत्पादन हुने भएपनि जनसंख्याको आधारमा २५ हजार २ सय ३ मेट्रिक टन खाद्यन्न अपुगहुने गरेको हो ।
जिल्लामा ४ लाख ७१ हजार ७ सय ८७ दशमलब २४ मेटिक टन खाद्यन्न खान योग्य खाद्यन्न उत्पादन हुने गरेको कृषि विज्ञ केन्द्र कुश्मा पर्वतले जनाएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतको ०८।०८१को तथ्याङ्क अनुसार धान उत्पादन १ लाख ९८ हजार १ सय २३ मेट्रिक टन, गहु ५४ हजार ९ सय ७३ मेटिक टन, मकै, १ लाख ६७ हजार ७सय ८१ मेटिक टन, कोदो ४९ हजार ६ सय ८०मेटिक टन र जौ, ५ सय ३३ मेटिक टन र फापर ६ सय ९५ मेटिक टन खानयोग्य खाद्यन्न उत्पादनहुने गरेको छ ।
प्रतिव्यक्ती २ सय १केजि खाद्यन्न अबश्यक पर्छ भने पर्वतमा २४ लाख ४७ हजार ७२ हजार ५ सय ९३ जनसंख्या रहेको जानाकारी कृषि ज्ञान केन्द्रले दिएको छ ।
जिल्लामा २४ हजार १ सय ७१ हेक्टर क्षेत्रफलमा खेती गरिदै आएको छ । जसमा सिंचित क्षेत्रफल ९ हजार ७० हेक्टरमा सिंचाई हुदै आएको छ । जसमध्ये ६ हजार ४ सय २० हेक्टरमा बाह्रै महिना सिचाईहुने गरेको र २ हजार ६ सय २० हेक्टरमा मौसमी सिचाई हुने गरेको छ । खेती गरिएको मध्ये १५ हजार १ सय १ हेक्टर जमिनमा अझै सिचाई हुन नसकेको बताईन्छ ।
यसवर्षपनि खाद्यन्नबालि उत्पादनवृद्धिका लागि कार्यक्रम भैरिरहेको कृषिज्ञान केन्द्र पर्वतकी बालि संरक्षण अधिकृत सविता सुवेदीले जनाएकी छिन् ।