विपिन जोशी रिहाई पहल प्रभावकारी नभएको टिप्पणी

5
views

एजेन्सी । विगत १६ महिनादेखि हमासको नियन्त्रणमा रहेको ठानिएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाली अधिकारीहरूले पहल गरिरहेको बताए पनि कूटनीतिक क्षेत्रका जानकारहरूले सरकारी पहल प्रभावकारी नभएको टिप्पणी गरेका छन् ।

इजरेलबाट प्रकाशित हुने ’जेरुसलेम पोस्ट’ले तान्जानिया, श्रीलङ्का र नेपालजस्ता देशहरूको ’कूटनीतिक पहुँच नपुगेका कारण’ ती देश आफ्ना नागरिक मुक्त गर्न पछि परेको टिप्पणी गरेको छ ।
इजरेलको सबैभन्दा पुरानो पत्रिकाले गाजामा बन्धक बनाइएका आफ्ना नागरिकहरू पत्ता लगाउन अमेरिकाजस्ता देशहरूले निगरानी गर्ने ड्रोनसहितका स्रोतसाधन इजरेललाई उपलब्ध गराएको सन्दर्भ पनि समाचारमा उल्लेख गरेको छ ।
इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित नेपाले आफ्नो कूटनीतिक सम्बन्ध भएका ठाउहरूमा विपिन जोशीको रिहाइका लागि पहल गरिरहे पनि उनको अवस्था र रिहाइको योजनाबारे कुनै जवाफ नपाएको बताउँछन् ।
“सरकारले आवश्यक सबै प्रयासहरू गरिरहेको छ तर अहिलेसम्म कुनै नया विकासक्रम छैन,“ उनले भने ।
परराष्ट्रमन्त्री आरजू राणा देउवाले हालै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन हमाससँग नजिक रहेको ठानिएको इरानका परराष्ट्रमन्त्रीसग पनि आग्रह गरेकी थिइन् ।