एजेन्सी÷अमेरिकी राष्ट्रपति ट्रम्पपछि ब्रिटिश प्रधानमन्त्री र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबिच भेटबार्ता भएको छ । ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसग भएको भेटमा टकराब भएको जेलेन्स्की लण्डन आइपुगेका हुन् ।
ब्रिटिश प्रधानमन्त्री सर किअर स्टार्मरले भोलोदिमिर जेलेन्स्कीलाई डाउनिङ स्ट्रीटमा भेट्दै उनीप्रति “संयुक्त अधिराज्यभर पूरा साथ“ रहेको बताएका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्टार्मरलाई आफ्नो देशका “त्यस्ता मित्रहरू“ हुनुले खुसी बनाएको बताए ।
जेलेन्स्की र स्टार्मरबीच युक्रेनी सैन्य सामग्रीका लागि २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिमा हस्ताक्षर समेत भएको छ । उक्त रकमको भुक्तानी रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट गरिनेछ ।
शनिवार भएको उक्त बैठकपछि प्रधानमन्त्री स्टार्मरले ट्रम्प र फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोसग कुराकानी गरेका छन् ।
माक्रोले युक्रेनबाट पछि हट्नु आफ्नो स्वार्थ अनुकूल नहुने कुरा अमेरिकाले बुझ्नुपर्ने बताएका छन् ।