अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका नौ नेपाली काठमाडौ आइपुगे

6
views

नवदृष्टि संवाददाता
काठमाडौ ।
अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली काठमाडौ आइपुगेका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् ।

उनीहरूलाई छाड्न ४ जना अमेरिकी प्रहरी आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू बताउछन् । एकजना अधिकृतले भने, ‘हत्कडी र चेन खोलेर अमेरिकन प्रहरीले यहा जिम्मा लगाएर फर्केका छन् ।’
डिपोर्ट (निष्कासन) भएकाहरूले पनि आफूहरूलाई जहाजमा समेत हत्कडी र चेन लगाएको बताएका छन् । डिपोर्ट हुनेमध्ये एकजना महिला व्यावसायिक उडान मार्फत काठमाडौ आइपुगेकी छन् ।
डोटी घर भएर अमेरिका गएकी बिनिता व्यावसायिक उडानमार्फत काठमाडौ आएकी हुन् । काठमाडौ आएपछि अध्यागमन अधिकृतहरुसग उनले भनेकी छन्, ‘डिपोर्टको निर्णय भएपछि म स्वदेश फर्किन राजी भएको हुनाले मलाई चार्टर्ड विमानमा पठाइएन ।’ उनी टेक्ससबाट कतारको दोहा हुदै काठमाडौ आएकी हुन् ।
चार्टर्ड विमानबाट फर्काइएका ८ जनालाई टेक्ससबाट न्यूयोर्क र अल्वानिया ट्रान्जिट हुँदै नेपाल ल्याइएको हो । नेपाली सवार चार्टर्ड विमान इन्धन भर्न अल्वानियमा १ घण्टा रोकिएको डिपोर्ट भएकाहरूले बताएका छन् ।
डिपोर्ट हुनेहरूमा दाङका ३ जना, रुकुम पूर्वका २ जना, रुकुम पश्चिमका २ जना, रोल्पाका १ जना र डोटीका १ जना छन् ।
प्रहरीले बुधवारको सोधपुछबाट उनीहरू अमेरिकासम्म कसरी पुगे भन्ने जानकारी लिइएको बताएको छ । ती नेपालीहरू कुन माध्यम वा बाटोबाट यात्रा गरे र कहाकहा गए भन्नेबारे सोधपुछका क्रममा प्रहरीलाई बताए ।
“…धेरैजसो यहाबाट मध्यपूर्व, मध्यपूर्वबाट युरोप र युरोपबाट साउथ अमेरिकाको ब्रजिलसम्म पर्यटक भिसामा गएको देखियो,“ मानव वेचविखन तथा अनुसन्धान व्युरोका प्रवक्ता प्रहरि उपरिक्षक नरेन्द्र कु“वरले भने “ब्रजिल पुगिसकेपछि केही व्यक्तिले एअरलाइनको टिकट खरिद गरेर मेक्सिकोसम्म पुगेका र केही मानिसहरू सडकमार्गबाट मेक्सिको सिमानासम्म पुगेका अनि अमेरिकाको लस एन्जलस र टेक्ससबाट लुकीछिपी सीमा नाघेपछि अमेरिकी सुरक्षा बलले उहाहरूलाई नियन्त्रणमा लिएको भन्ने बुझियो ।“