नवदृष्टि संवाददाता
पोखरा । मानव सेवा फाउन्डेसनले बाराहीघाटमा कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न खोज्दा तनाव भएको छ ।
शुक्रबार साइतमै भूमिपूजा गर्न लागेको र त्यसलाई नगर प्रहरीले रोक्न खोज्दा झडप भएको छ । झडपपछि लेकसाइड क्षेत्र तनावग्रस्त बनेको छ । झडपका क्रममा कोटीहोम पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो ।
अनुमति बिनै कोटीहोमको प्रक्रिया अघि बढाइएको भन्दै महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको बताईको छ ।
पोखरा महानगरको अनुमति नलिई सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेकोे छ । ५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ ।