नवदृष्टि संवाददाता
५, चैत्र, पोखरा । सिचुवान एयरलाइन्सले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित १० हप्ता चार्टर उडान भर्ने भएको छ ।
साढे दुईवर्षअघि उद्घाटन भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल आज सोमबार देखि पोखरा–छेङ्दु रुटमा व्यावसायिक चार्टर उडान हुन लागेको हो । सिचुवान एयरलाइन्सले १० हप्तासम्म उडान भर्ने गरी तयारी भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिएका छन् ।
पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ । चीनसगै अन्य छिमेकी देशहरुबाट पनि नियमित उडानका लागि पहल भइरहेको बताईएको छ ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्ष गाठको अवसरमा व्यावसायिक चार्टर्ड उडान हुन लागेको हो । उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने आसा लिईएको छ ।