नवदृष्टि संवाददाता
७,चैत्र ।
यस वर्षको एसइई परिक्षा परिक्षा आजबाट सुरु भएको छ । यसवर्ष पर्वतका ९ वटा केन्द्रहरूमा जिल्लामा २ हजार ३ सय ३४ जना एसइई परीक्षामा सहभागी हुदै छन् ।
साधारण नियमिततर्फ १ हजार ७ सय ४२ जना, प्राविधिक नियमित तर्फ ७२ जना, ग्रेडवृद्धि अन्तर्गत साधारणतर्फ ५ सय १७ र प्राविधिकतर्फ ३ जना गरी ५ सय २० जना परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पर्वतले जनाएको छ ।
पर्वतको कुश्मा र फलेवासमा दुई दुई वटा केन्द्र रहेका छन् भने अन्य पाचवटा गाउपालिकामा एक÷एक वटा केन्द्र गरी यस पटक नौ वटा केन्द्र रहेका छन् ।